अभिनेता अनमोल केसी अस्पतालमा भर्ना



काठमाडौं । आर्थिक लेनदेनमा विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

फिल्म ‘रावायण’का निर्माताले लेनदेन विवादमा उजुरीपछि शुक्रबार पक्राउ परेका केशीको छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनी निकट एक फिल्म निर्माताले जानकारी दिए । भक्तपुरको साँगामा शुक्रबार बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो ।


रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन्। प्रहरीले आइतबार अनमोललाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।