अनिल कपूरको तस्विर र आवाज बिना अनुमति प्रयोग गर्न प्रतिबन्ध



काठमाडौं । दिल्ली उच्च अदालतले अभिनेता अनिल कपुरको नाम, तस्विर र आवाजलाई उनको अनुमति बिना व्यावसायिक रूपमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ।

दिल्ली उच्च अदालतले बुधबार आफ्नो अन्तरिम आदेशमा सामाजिक सञ्जाल च्यानलहरू, ई-कमर्स वेबसाइटहरू र अन्यलाई बलिउड अभिनेताको प्रचार अधिकार उल्लङ्घन गर्न प्रतिबन्ध लगाएको छ।


बीबीसीकी सहयोगी पत्रकार सुचित्रा मोहन्तीले यो आदेशको प्रतिलिपि हेरेकी छिन् ।

कपूरले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर धेरै व्यक्ति र धेरै सोशल मिडिया च्यानलहरूले उनको आवाज र तस्विर प्रयोग गरेर उनको छविलाई कलंकित गरिरहेको आरोप लगाए।

बुधवार अनिल कपूरको तर्फबाट अधिवक्ता प्रवीण आनन्द अदालतमा उपस्थित भएका थिए। उनले अदालतमा कपूरको तस्विर र ‘झकास’ संवादलाई उनको सहमतिबिना प्रयोग नगर्न अदालतबाट आदेशको लागि अपिल गरिरहेको बताए ।