२० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट



काठमाडौं । अर्थ मन्त्रालयले २० हजार टन चिनी आयातमा भन्सार छुट दिने निर्णय गरेको छ ।

चाडपर्वलाई लक्षित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २० हजार टन चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको हो ।


यसअघि चिनी आयातमा ३० प्रतिशत भन्सार लाग्दै आएकोमा यी दुई संस्थालाई १५ प्रतिशत भन्सार लाग्ने मन्त्रालयका प्रवक्ता तथा सह–सचिव धनीराम शर्माले बताए ।

उनले भने, ‘चाडपर्वलाई लक्षित गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले २० हजार टन चिनीमा १५ प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरेको छ, साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०–१० हजार टन र चिनी आयातमा ५० प्रतिशत भन्सार छुट दिने निर्णय भएको हो ।

दसैं, तिहार र छठमा बढी चिनी खपत हुने गरेको छ ।