स्वास्थ्यकर्मीको सुरक्षामा अस्पतालमा सुरक्षाकर्मी राखिने



काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको छ ।

बिहीबार गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफलले असुरक्षित ठानिएका अस्पतालमा ६ देखि ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय गरेको हो ।


शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले असुरक्षित ठानिएका अस्पतालहरूमा ६ देखि ७ जनासम्म हतियारसहित सुरक्षाकर्मी राख्ने निर्णय भएको जानकारी गराएका हुन् ।

समितिको बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराएका छन् । पछिललो समय देशका विभिन्न ठाउँमा रहेका अस्पतालमा चिकित्सकहरुमाथि आक्रमण हुने क्रम बढ्दो छ ।