काठमाडौँ । नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपालको जितमा समीर तामाङले दुई गोल गरेका थिए भने प्रशान्त लक्क्षम र निरन्जन धामीले एक एक गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा पनि २ गोल थपेको थियो । त्यसैगरी माल्दिभ्सका लागि एक गोल एडम लायान रशीदले गरेका थिए ।
यस खेलको ३३औं मिनेटमा नेपाल र माल्दिभ्सका एक एक खेलाडीलाई रेफ्रीले रातो कार्ड दिएपछि दुवै टोली १० खेलाडीमा सिमित भएका थिए । रेफ्रीले नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहमद इयान हसनले रातो कार्ड दिएका थिए ।
यो जितसँगै नेपाल २ खेलमा ३ अंक हासिल गर्दै समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान २ खेलमा ४ अंकसहित समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी समुह ए बाट माल्दिभ्स र समुह बी बाट बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
त्यसैगरी समुह बी बाट भारत र भुटान सेमिफाइनलमा पुगेसकेपनि आज दुवै बीच हुने समुह चरणको अन्तिम खेलपछि समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ । सो खेलपछि सेमिफाइनलको समीकरण पनि टुंगिने छ ।
सेमिफाइनलका खेल बुधबार हुने छन् भने फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।