काठमाडौँ । काठमाडौँमा आजदेखि शुरु भएको यू- १९ साफ च्याम्पियनसिपमा नेपालले खराब शुरुवात गरेको छ ।
समुह ए मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग १-० गोलको हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको हो ।
दशरथ रंगशालामा सम्पन्न खेलमा खेलको ७७औं मिनेटमा पाकिस्तानका लागि अलि जाफरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
नेपालले अब आफ्नो अर्को खेल माल्दिभ्सविरुद्ध सोमबार खेल्ने छ भने त्यसअघि पाकिस्तानले शनिबार माल्दिभ्सको सामना गर्ने छ ।