काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारतविरुद्ध खेल्न तयार रहेको बताएका छन् ।
सोमबार हुने भारतविरुद्धको खेल अघि भएको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले नेपालको लागि भारतविरुद्ध खेल्न पाउनु ठुलो अवसर भएको बताउदै आफुहरु खेल्न तयार रहेको बताएका छन् ।
कप्तान पौडेलले क्रिकेटप्रेमीहरुको अपार समर्थनले आफुहरुलाई भारतविरुद्ध राम्रो खेल्न प्रेरित गरेको बताए ।
आफुहरुले भारतका कप्तान रोहित शर्मा र विराट कोहलीलाई आउट गर्ने बारे योजना बनाएको बताउदै उनीहरु क्रिकेटमा धेरैको प्रेरणाको स्रोत भएको बताए ।
नेपालले सोमबार समुह ए अन्तर्गतको अन्तिम खेलमा भारतविरुद्ध खेल्दै छ । यो खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला क्यान्डीमा नेपाली समय अनुसार अपराहन्न ३: १५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।