प्रधानमन्त्रीद्वारा आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणकाबारेमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुख नेता तथा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरिरहेका छन् ।

अहिले प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुसँग आफ्नो चीन भ्रमणबारे छलफल गरिरहेका छन् । छलफलमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत सहभागी छन् ।


त्यस्तै छलफलमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे लगायत संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु पनि सहभागी छन् ।