पुलिसलाई लामाचौर कप भलिबलको उपाधि



पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि  जितेको छ । सोमबार दिउँसो भएको फाइनल खेलमा न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा भएको फाइनल खेलमा पुलिसले पहिलो सेट १८–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट क्रमश २५–२२, २५–१४ र २५–२० ले आफ्नो पक्षमा पार्दै पुलिसले उपाधि जितेको हो ।


उपाधिसँगै पुलिसले १ लाख ५० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको डायमण्डले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।