नेपाली युवायुवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार गर्ने गिरोहका नाइके पक्राउ



काठमाडौं । अमेरिका पठाइदिने भन्दै मानव तस्करी गरेको आरोपमा प्रहरीले नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत हुँदै नेपाल आउने क्रममा उनलाई गत बुधबार नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले भैरहवाबाट पक्राउ गरेको हो । नेपाली युवायुवतीलाई अमेरिका पठाउने प्रलोभनमा मानव ओसारपसार उनी संलग्न रहेको ब्युरोले जनाएको छ । रुकुम पूर्वको सिस्ने स्थायी घर भएका गौतम आफैँ पनि अवैध बाटो हुँदै अमेरिका पुगेका व्यक्ति हुन् ।


सन् २००८ मा अमेरिकाको ग्रिनकार्ड लिएका उनले २०१५ मा त्यहाँको पासपोर्टसमेत लिइसकेका छन् । प्रहरीले गौतममाथि जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान जारी राखेको जनाएको छ । गौतममाथि मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दा दर्ता भएको छ ।