दङ्गामा संलग्न एक हजारलाई देश निकाला गर्ने नेतन्याहुको चेतावनी



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले तेल अभिभमा भएको ‘दङ्गा’मा भाग लिएका एक हजार इरिट्रियाली नागरिकलाई देश निकाला गर्नेबारे विचार गरिरहेको बताएका छन् । शनिबार इरिट्रियाको सरकारी कार्यक्रमविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि झडप सुरु भएको थियो, जसमा एक दर्जन इरिट्रियाली शरणार्थीसहित करिब १४० जना घाइते भएका थिए ।

इजरायलको व्यापारिक केन्द्र तेल अभिभमा सरकारले कार्यक्रम आयोजना हुन नदिन सयौँको सङ्ख्यामा प्रहरी तैनाथ गरेको र सरकार विरोधी इरिट्रियालीहरू भेला भएपछि झडप सुरु भएको थियो ।


इजरायली प्रहरीले उक्त भेलालाई गैरकानुनी प्रदर्शनको संज्ञा दिँदै सडक खाली गर्न आदेश दिएको छ । “तर प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको र उनीहरू (प्रहरी)ले ‘दङ्गाकारीहरूविरुद्ध प्रत्यक्ष गोली चलाएका थिए,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “उनीहरूका कम्तीमा ४९ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रहरी र इरिट्रियाका प्रदर्शनकारीबीच कार्यक्रमस्थलमा झडप भएको थियो भने तेल अभिभमा इरिट्रिया सरकारका समर्थक र विरोधीबीच झडपसमेत भएको थियो ।

आइतबार नेतन्याहूले इरिट्रिया सरकारका समर्थक र विपक्षीबीच भएको झडपले ‘सीमा नाघेको’ बताएका थिए । “मैले आज गठन गरेको विशेष मन्त्रीस्तरीय समितिमा हामीले दङ्गामा भाग लिएका एक हजार शासन समर्थकलाई निष्कासित गर्नेलगायत केही छिटो कदम चाल्न आग्रह गरेका छौं,”उनले भने ।

विज्ञप्तिमा भनिएको छ, “उनीहरूले आफू शरणार्थी भएको दाबी गर्न सक्दैनन् । उनीहरूले यो शासनलाई समर्थन गर्छन् । यदि उनीहरूले यसलाई यति धेरै समर्थन गरे भने, उनीहरू आफ्नो मूल देशमा फर्कनुपर्नेछ ।”

सन् १९९३ मा स्वतन्त्रताको औपचारिक घोषणा भएदेखि नै अधिनायकवादी राष्ट्रपति इसैयास अफवेर्कीले इरिट्रियाको नेतृत्व गर्दै आउनुभएको छ । प्रेस स्वतन्त्रता, मानव अधिकार, नागरिक स्वतन्त्रता र आर्थिक विकासको विश्वव्यापी वरियताको सबैभन्दा तल रहेको यो विश्वको सबैभन्दा एक्लो राज्यमध्ये एक हो ।

गत जुनसम्म इरिट्रियाबाट १७ हजार ८५० जना शरणार्थी इजरायलमा आएका थिए, जसमध्ये अधिकांश इजिप्टको सिनाई प्रायद्वीप हुँदै वर्षौंअघि अवैध रूपमा आएका थिए । तिनीहरू तटीय शहर तेल अभिवको आर्थिक रूपमा धेरै कमजोर (गरिब) इलाकाहरूमा बसोबास गरेका छन् ।