ओलीको प्रश्न- मीनबहादुर गुरुङलाई किन कारवाही गरेको ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई पक्राउ गरेर कारवाही गरेकोप्रति आक्रोश व्यक्त गरेका छन् ।

आइतबार एमालेको सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रममा बोल्दै ओलीले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेर दुःख दिएको टिप्पणी गरेका हुन् ।


उनले भने- ‘मीनबहादुर गुरुङलाई किन समातेको, किन कारबाही गरेको ? ५/६ जनाले किनिसकेको जमिन, उसले त धनीपुर्जा हेर्‍यो, धनीपूर्जा भएको मान्छेसँग किन्यो त । भारी बोकेर हिँड्ने, खाली खुट्टा हिँड्ने त्यो गुरुङ यत्रा भाटभटेनी चलाएर पुँजीपति हुने भन्ने आँखाले देख्न सकेन । यो राष्ट्रिय पुँजीपतिलाई खेद्ने कुरा हो ।’