एमाले बागमती अधिवेशन : आज मनोनयन, भोलि निर्वाचन



काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश प्रथम अधिवेशन लम्बिएको छ । बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो ।

जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेशन दुइ दिन बढी लम्बिन पुगेको हो । जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्वनिक भएको छ । गत ८ गते सुरु भएको अधिवेशन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेसन ११ असोजसम्म चल्नेछ । निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिए पछि दुई दिन बढी लम्बिएको हो । 


निर्वाचन कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुनेछ ।  तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाता नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ । दिउँसो  ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बताइएको छ ।

बिद्युतीय मतदानबाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ । जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन् । निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन सोही दिन गर्ने एमालेले जनाएको छ ।