अखिल क्रान्तिकारीको विवाद समाधान, आठ बुँदे सहमति



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद मिलेको छ । सोमबार  बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै पञ्चा सिंह र पवन कार्की समूहबीचको विवाद दुई वर्षपछि अन्त्य भएको हो ।

क्रान्तिकारीका फ्रयाक्सन इन्चार्ज हिमाल शर्माले नीतिगत सहमतिको प्रस्ताव प्रस्तुत गरेका थिए । नीतिगत सहमति भएसँगै क्रान्तिकारीभित्रको विवाद समाधान भएको फ्रयाक्सन इन्चार्ज शर्माले बताए ।


क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए।