सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ बढ्यो



काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोकै मूल्यमा कारोबार भइरहेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले घेटर १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।


यस्तै, आज चाँदीको भाउमा भने वृद्धि भएको छ । आज चाँदीमा २० रुपैयाँले वृद्धि भएर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।