सुन तस्करी प्रकरणमा गृहमन्त्रीको पनि बयान लिनुपर्ने एमालेको माग



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक क्विन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि बयान लिनुपर्ने बताएको छ।  

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरेका हुन् ।


 साथै, उनले सीआईबीले ३ महिनाअघि नै छानबिन गरेर प्रस्तुत गरेको रिपोर्टको फाइल अघि नबढेकोमा आपत्ति जनाए। 

 उनले भने, ‘सीआईबीले ३ महिनाअघि छानबिन गरेर रिपोर्ट बुझाएको फाइल आज गृहमन्त्रीजीको टेबुलमा छ र त्यो अगाडि बढ्दैन भने आज राजस्व अनुसन्धान विभागले २० दिन छानबिन गरेर सीआईबीलाई फाइल बुझाएको छ। त्यो बीचमा के खेल भयाे ?’।