काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निर्णय गरेको छ ।
तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग अनुसारको उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।
साथै बैठकले संसद अवरोध गरेर एमालेले गैरजिम्मेवारीपन देखाएको निष्कर्ष निकाल्दै संसद खुलाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य दलसँग छलफल गर्ने निर्णय गरेको लेखकले बताए । साथै कांग्रेसले एमालेलाई संसद अवरोध त्यागेर संसदमै सबै विषयको छलफल गरेर निषकर्ष निकाल्न आग्रह गरेको छ ।
साथै कांग्रेसकै पहलमा अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै यसलाई थप बलियो बनाउन पहल गर्ने निर्णय गरेको छ ।
साथै काँग्रेसले सरकारको प्रभावकारिता बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।