संसद् किन बन्द गरियो, यसको पनि छानबिन हुनुपर्छ : केसी



काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले महिनौ संसद अवरोध गर्नेमाथि गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् । जनताले अत्यन्तै कष्ट भोगिरहेको अवस्थामा महिनौसम्म संसद बन्द गराएकोमा उनले आपत्ति जनाएका हुन् । 

‘देश भयकंर संकटमा रहेको, नेपाली जनताले कष्ट भोगिरहेको समयमा महिनौ दिनसम्म संसद् गरेकोमा खोल्ने साथीहरुलाई बधाई दिन लागिरहेका छौं,’ केसीले भने, ‘कसले बन्द गर्न लाग्यो, कसले बन्द गर्‍यो ? त्यसकारण यसको गम्भीर छानबिन हुनुपर्छ ।’