काठमाडौं । संवैधानिक परिषद्को बैठक विना निष्कर्ष टुंगिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बसेको बैठक निष्कर्षविहीन भएको हो ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक बिहीबार साँझ ५ बजे बस्ने जानकारी दिए । प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डामा छलफल भएपनि अन्य रिक्त रहेका संवैधानिक पदमा नियुक्ति सिफारिसको विषय प्रवेश गरेको तिमिल्सिनाले बताए ।
प्रधान्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेबाट सेवाबाट निवृत्त हुँदैछन्।