ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सात दिनको म्याद थप गरेको हो ।

उक्त प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजा लगायत २१ जना प्रहरी हिरासतमा रहेका छन् । उक्त प्रकरणमा सिआईबीले चार सय छ जनाको पक्राउ पुर्जी अनुमति लिएको छ । उनीहरु विरुद्ध ‘संगठित किर्ते’ अभियोग लगाएर मु्द्दा चलाउने प्रहरीको तयारी रहेको छ ।