काठमाडौं । दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । ललिता निवास प्रकरणमा नाम मुछिएपछि उनलाई गृह मन्त्रालयले जिम्मेवारी हटाएको हो ।
बैद्यलाई गृह मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । स्रोतका अनुसार उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर गृह मन्त्रालय तानिएको हो ।
वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को प्रतिवेदनमा उल्लेख छ । ललिता निवास जग्गा प्रकरणमा सिआइबीले बैद्यलाई फरार सूचीमा रोखेको थियो ।