काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत भएको ठहर गर्दै प्रदेश सरकारलाई कामचलाउ सरकारमा परिणत गरिदिएको छ ।
विहिबार सर्वोच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधानविपरीत भएको ठहर गर्दै प्रदेश सरकारलाई कुनै महत्त्वपूर्ण निर्णय नगर्न सर्वोच्चले आदेश दिएको हो ।