माधव नेपालको आरोप- ओलीले सर्वदलीय बैठकमा निषेध गरे



काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई सर्वदलीय बैठकमा निषेध गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा सुन काण्डमा उच्चस्तरीय छानबिन समितिमा आफ्नो पार्टी संलग्न नगराएकामा आपत्ति जनाए ।


नेपालले भने- ‘छानबिन कमिटीमा ६ वटा पार्टी बसे । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ । घिउ निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ ।’

साथै, अध्यक्ष ओलीविरुद्ध खरो उत्रिएका नेपालले राष्ट्रपति निर्वाचनताका नेकपा ब्युताउने विषयमा भेट भएको प्रसंग निकाल्दै त्यस समयमा ओलीले आफूलाई राष्ट्रपतिको प्रस्ताव नगरेको बताए ।

अहिले ओलीले माधवलाई राष्ट्रपतिमा प्रस्ताव गरेको भन्दै गलत प्रचार गरेको आरोप लगाउँदै उनले थपे ‘प्रस्ताव राखेर पनि म मान्ने थिएँ वा मान्दिनँ थिएँ । त्यो आफ्नो ठाउँमा छ । प्रस्ताव नै राखेको होइन । प्रस्तावलाई मैले स्वीकार गरेको भए शेरबहादुर कहाँ खबर जान्थ्यो । माधव नेपालले धोका दिँदैछन् । धोकेवाज हुन् उनी । पदको निम्ति मरिहत्ते गर्छन भनिदिन्थे ।’