त्रिशूलीले बगाउँदा दुई जना बेपत्ता



चितवन । त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकबाट शनिबार दिउँसो साढे ४ बजेतिर उनीहरू नदीमा बगेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । मुख धुन लाग्दा चिप्लेर नदीमा बगेको प्रहरीको भनाइ छ ।


उनीहरूको खोजीमा विपद् व्यवस्थापनको उद्धार टोलीसहित प्रहरी जुटेको छ ।