काठमाडौँ । जापानलाई हराउदै स्विडेन महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
शुक्रबार सम्पन्न क्वाटरफाइनलको खेलमा स्विडेनले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
स्विडेनको जितमा अमान्डाइस्टेड र फिलिप्प एंगलडालले एक एक गोल गरेका थिए । त्यस्तै जापानका लागि होनोका हायाशीले खेलको ८७औँ मिनेटमा गोल गर्दै कमब्याकको प्रयास गरेपनि त्यो पर्याप्त हुन सकेन ।
यो हारपछि २०११ को विश्वकप विजेता जापान विश्वकपबाट बाहिरिएको छ ।
त्यस्तै स्विडेन भने पाँचौं पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । स्विडेन पछिल्लो विश्वकपमा तेस्रो भएको थियो । यस अघि स्विडेन २००३ मा उपविजेता बनेको थियो भने १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो ।
अब सेमिफाइनलमा स्विडेनले स्पेनको सामना गर्ने छ । सेमिफाइनल खेल अगस्त १५ मा हुने छ ।