जसपा अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् ।

उनी पारिवारिक कामका सिलसिलामा भारतको केरला गएको जसपाले बताएको छ । 


जसपाका प्रवक्ता मनिषकुमार सुमनका अनुसार अध्यक्ष यादव भारतको नयाँदिल्ली हुँदै केरलाको कोची जाने छन् । उनी एक सातापछि स्वदेश फर्किने प्रवक्ता सुमनले बताए ।