गठबन्धनको निष्कर्ष : उच्चस्तरीय समितिको माग सुन प्रकरणको छानबिनलाई अवरोध गर्ने प्रयास



काठमाडौं । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकले,  सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अबरोध गर्ने प्रयास स्वरुप आएको निष्कर्ष निकालेको छ । 

बालुवाटारमा बसेको, गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीको उपाध्यक्ष राजेन्द्र पाण्डेले  भने ‘वास्तवमा भन्ने हो यस्तो अवस्थामा उच्च स्तरीय आयोगको माग्नु भनेको चै यो भइरहेको छानबिनलाई अवरोध गर्नु हो । र यो केसलाई डेल्युट गर्नु हो भन्ने खालको हामी सबैको छलफल रह्यो ।’ 


त्यस्तै बैठकमा प्रतिपक्षको मागबारे गम्भीर छलफल भएको उनले बताए ।  ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश त्यसैगरी, गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।