कोशीमा सरकार गठनका लागि सभामुखको राजीनामा गराए संवैधानिक जटिलता आउँछः अध्यक्ष लिङ्देन

sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;


विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सरकार गठनका लागि सभामुखको राजीनामा गराए संवैधानिक जटिलता आउने बताएका छन् ।

मंगलबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सत्ता गठबन्धनलाई सभामुखलाई राजीनामा गराएर संवैधानिक जटिलता ननिम्त्याउन सुझाव दिएको बताए ।


उनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएपछि विश्वासको मत लिन बस्ने प्रदेशसभा बैठकको अध्यक्षता कसले गर्छ भन्दै प्रश्न गरे । उनले भने, ‘सभामुखले राजीनामा दिएपछि उपसभामुखले राजीनामा दिनुहोला । ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ एमालेले ज्येष्ठ सदस्यलाई अनुपस्थित गराउने होला । यसले मुलुक संविधानले परिकल्पना नगरेको बाटोमा जाँदैछ ।’

उनले राप्रपालाई अहिले सत्ता पहिलो प्राथमिकता नभएको बताए । अध्यक्ष लिङ्देनले अहिले राप्रपाले कुनै दललाई सहयोग र विरोध नगर्ने बताए । कोशीमा अहिलेको अवस्था आउनुमा संविधानमा भएको प्रदेशको व्यवस्था नै प्रमुख कारक भएको उनले बताए ।

उनले सुन तस्करी काण्डमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामाभन्दा पनि उच्चस्तरीय छानविन समिति गठन गरेर निष्पक्ष छानबिन हुनु आवश्यक भएको बताए ।