काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारिक भवनहरूलाई पार्किङबापतको शुल्क लिन लगाएको रोक कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले कारण देखाऊ तथा अल्पकालीन अन्तरिम आदेश जारी हो ।
काठमाडौँ महानगरपालिकाले गत साउन १० गतेदेखि लागू हुने गरी व्यापारिक कम्प्लेक्सहरुलाईले सेवाग्राहीसँग पार्किङ शुल्क लिन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । यसविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनलेउच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएका थिए ।
उक्त रिटमा महानगरको निर्णय खारेजीको माग गरिएको थियो । अदालतले दुवै पक्षलाई ३० गते अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ ।
यस्तो छ आदेश