काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले गिरिबन्धु टि स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका बिषयमा छानविन गर्न जरुरी नभएको टिप्पणी गरेका हुन् ।
तर उनले छानविन गर्न मन लागे गर्न सुझाव भने दिएका छन् ।
उनले भने ‘झापाको चिया बगानमा सहमति छ । अनियमितता कहाँबाट केको लागि । बिना कारण जग्गा दिएको होइन, त्यो सत्ताले त्यतिबेला गरेको र अहिले त्यसैको आधारमा कानून बनाईदिएका छौं । अरु केहि होईन । छानबीन जरुरी छैन् तर गर्न मन लागे गरे हुन्छ ।’
ओलीले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिएका थिए ।