एक क्विन्टल भनिएको सुन ‘ब्रेक शु’बाट निकाल्दा ६० केजी ७७९ ग्राम मात्र !



काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन जोखेको छ ।

महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको छ । यसअघि राजश्व अनुसन्धान विभागले बरामद गरेको एक सय किलो हुने अनुमान गरेको थियो ।


उनले भने, ‘ब्रेक शुबाट छुट्याएपछिको सुन जोखिएको हो, ६० केजी ६८९ ग्राम रहेको छ गालेर जोख्न बाँकी छ। भोलि साढे १० बजेदेखि जोख्न सुरू हुन्छ ।’

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो ।

राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो । उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो ।