आयरल्याण्डविरुद्ध भारतको लगातार दोस्रो जित



काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिज एक खेल अघि नै जितेको छ ।

गएराती सम्पन्न सिरिजको दोस्रो खेलमा भारत ३३ रनले विजयी भएको थियो । भारतले दिएको १८६ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाउदै १५२ रन मात्र बनाए पछि भारत ३३ रनले विजयी भएको थियो ।


यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउदै १८५ रन बनाएको थियो ।

खेलमा २१ बलमा ३८ रन बनाएका रिंकु सिंह प्लेयर अफ द म्याच बनेका थिए ।

यो जितपछि तीन खेलको सिरिजमा २-० ले अगाडी भएको छ । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।