सुदूरपश्चिम सरकारले पायो पूर्णता, दुईमन्त्री र एक राज्यमन्त्रीले लिए शपथ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको हो बुधवार नियुक्त भएका तीनै जनाले शपथ लिइसकेको छन् ।


आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका थिए । माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका हुन् ।