काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको बारे संसद् सचिवालयलाई जानकारी गराएको छ । सीआईबीले संसद् सचिवालयलाई पत्र पठाएर जानकारी गराएको हो ।
सीआईबीले संसद् सचिवालयलाई पठाएको पत्रमा प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नु पर्ने भएकोले पक्राउ गरिएको उल्लेख छ ।
साथै सीआईबीले शर्मा जिल्ला मोरङ-३ का नेपाली काँग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान (२०७२) को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य शर्मा पक्राउ परेको जानकारी सभामुखलाई गराएको उल्लेख छ ।