काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय जाँच ब्यूरो (सीआईबी) लाई ललिता निवास प्रकरणका सन्दर्भमा गैरकानुनी आदेश नसुन्न र नमान्न आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान बिनानै अपुरो र अधुरो फाइल पेस नगर्न भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘सीआईबीले गैर कानुनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै बिनाको अपुरो अधुरो फाइल पेस नगरोस् । गृहमन्त्री ज्यु, केही त गडबड छ ठुलै गडबड छ।’