संसद खुलाउने बारेमा प्रधानमन्त्रीले भने- ‘प्रतिपक्षी दलसँग थप पहल गर्छु’



काठमाडौं । प्रधानमन्त्री सभामुख छलफल सकिएको छ। संसदको जारी अबरोध खुलाउनका लागि सभामुख देबराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भएको भेटवार्ता सकिएको हो ।

‘सदन नचल्नु राम्रो भएन । माननीयहरुले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा माननीयहरुले बोल्न पाइनँ भन्नुहुन्छ । दलिय सहमति बिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन्,’ सभामुख घिमिरेले प्रधानमन्त्री समक्ष भने, ‘कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ ।’ 


उनले सो भेटमा अगाडी भने, ‘सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’ 

आफनो निवासमा भेटन आएका सभामुख घिमिरेलाई प्रधानमन्त्री दाहालले भने, ‘्म पनि सदन खुलाउन भूमिका खेल्छु । तपाईं पनि लाग्नुहोस् । छिट्टै सहमति गर्नैपर्छ । म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।’