विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डे पक्राउ



काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेका छन् ।

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै आइरहेका छन् ।