लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो  ‘गारवेज ट्रक’



गोलबजार । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको  जानकारी दिए ।

फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा  ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ ।  पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उनले बताए । 


नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताए।