लमजुङमा ३ सय १३ वर्षको कैद भुक्तान गर्न बाँकी



लमजुङ । लमजुङमा विभिन्न अपराधमा अदालतबाट सजाय पाएकाहरूबाट ३ सय १३ वर्ष भन्दा बढीको कैद सजाय भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत लमजुङले जनाएको छ ।

अदालतमा पेश भएका मुद्दामध्ये अदालतले फैसला गरी कैद सजाय सुनाएका विभिन्न मुद्दाका अभियुक्तहरूबाट ३ सय १३ बर्ष ४ महिना ४ दिनको कैद भुक्तान हुन बाँकी रहेको जिल्ला न्यायाधीश शिवप्रसाद खनालले जानकारी दिए ।


गत आर्थिक वर्षमा मात्रै लमजुङ जिल्ला अदालतले दुईसय ९१ वर्ष दुई महिना २९ दिन कैद फर्छ्यौट गरेको छ ।

अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका २ सय ९३ वर्ष १० महिना ४ दिन र नयाँ तर्फ ३ सय १० बर्ष ८ महिना २९ दिनको कैद सजाय मध्ये ४८  दशमलव १७ प्रतिशतको कैद सजाय फर्छ्यौट भएको न्यायाधीश खनालले बताए ।

न्यायाधीश खनालका अनुसार गत आर्थिक वर्षमा मात्रै जिम्मेबारी सरी आएका पुरनो तर्फ ६ वर्ष एक महिना आठ दिन र नयाँ तर्फ २ सय ८५ वर्ष एक महिना २९ दिन गरी कूल २ सय ९१ वर्ष दुई महिना २९ दिनको कैद फर्छ्यौट भएको छ ।

अघिल्लो वर्षसम्म लमजुङ जिल्ला अदालतमा २ सय ९४ वर्षको कैद लगत बाँकी  थियो ।