काठमाडौँ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो ।
बैठकमा नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा राखिरहेका छन् ।
बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राखेको पार्टी सुदृढीकरणको प्रस्तावमा १८ केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका थिए ।
बैठकमा धारणा राख्ने नेताहरूले प्रचण्डले पेश गरेको प्रस्तावको पूर्ण समर्थन गर्दै कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् ।