भदौका लागि वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुन बैंकको कति ?



काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर बढाएका छन् भने केही बैंकले ब्याजदर घटाएका छन् । साथै, केही बैंकहरुले साउन महिनाको ब्याजदरलाई यथावत राखेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् । एनएमबि बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकले भने साउन महिनाको तुलनामा भदौमा ब्याजदर घटाएका छन् ।


सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकले भने ग्राहकका लागि साउनको तुलनामा ब्याजदर बढाएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर भदौ १ गतेदेखि लागु हुनेछ ।

बैंकको नयाँ ब्याजदर सूचि :