बिआरआइको टोलीद्वारा एमाले महासचिव पोखरेलसँग भेटवार्ता



काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) परियोजनाको टोलीले भेट गरेको छ ।

आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयका भएको भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो । महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास तथा रेलमार्ग निर्माणले जनजीवनमा ल्याउने परिवर्तनलगायत विषयमा चासो व्यक्त गरेको बताइएको छ ।