काठमाडौँ । अस्ट्रेलिया महिला फुटबल विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
शनिबार सम्पन्न क्वाटरफाइनलको खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई स्तब्ध पार्दै आयोजक अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । निकै प्रतिष्पर्धात्मक रहेको पेनाल्टी सुटआउटमा अस्ट्रेलियाले फ्रान्सलाई ७-६ ले पराजित गरेको थियो । योजितसँगै अस्ट्रेलिया पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
अब सेमिफाइनलमा अस्ट्रेलियाले इङल्याण्ड र कोलम्बियाबीचको विजेतासँग खेल्ने छ ।