पोखरामा ल्यान्डफिलसाइटमा फोहर लैजान अवरोध, दमकल शाखा परिसरमा पुरियो

kmf]x/ p7fOFb} eQmk'/, @# ;fpgM eQmk'/sf] nf]sGynLdf kmf]x/ p7fpFb} sfdbf/ . tl:a/M rGb|snf If]qL÷/f;;


गण्डकी । स्थानीयवासीको अवरोधसँगै १ हप्तायता पोखरा महानगरपालिकाको फोहर व्यवस्थापन गर्न नसकिएपछि महानगरकै दमकल शाखा परिसरमा पुरिएको छ ।

पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलसाइटमा फोहर पुर्‍याउन नसकिएपछि दमकल शाखा परिसरमै पुरिएको हो ।


फोहर नउठेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेपछि फोहर उठाएर महानगरपालिकाको दमकल शाखामा ल्याइएको थियो । बजारमा रहेको फोहरको तत्कालीन व्यवस्थापनका लागि दमकल शाखामा ल्याइएकामध्ये १५ ट्रक फोहर त्यहीँ परिसरमा खाडो खनेर गाडिएको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

फोहर व्यवस्थापन सम्बन्धमा स्थानीयवासीसँग छलफल भइरहेको र समस्या समाधान भएसँगै त्यो फोहर पुनः ल्यान्डफिलसाइटमा नै लगिने उनले बताए । पोखराका मुख्य बजार क्षेत्र न्युरोड, नयाँबजार, पृथ्वीचोक लगायत स्थानका फोहर उठाएर गाडीमा राखी दमकल शाखा परिसरमा लगिएको जानकारी दिँदै उनले फोहर लैजाने व्यवस्था भइनसकेका अवस्थासम्म घरघरमा नै त्यसलाई राख्नका लागि महानगरले सार्वजनिक सूचना गरेको बताइन् ।

पोखरा बजार क्षेत्रमा दैनिक करीब ८० ट्रक फोहर उठ्ने गरेको बरालले जानकारी दिइन् । महानगरपालिकाले विगत ६ महिनायता वडा नम्बर ३२ लामेआहालमा अस्थायी ल्यान्डफिलसाइट तयार गरी फोहर व्यवस्थापन गरिँदै आइएको छ । यसअघि वडा नम्बर १४ स्थित बाच्छेबुडुवामा फोहर फलिँदै आइएकोमा नयाँ पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेसँगै अस्थायी ल्यान्डफिलसाइट तयार गरिएको हो । 

अस्थायी ल्यान्डफिलसाइटका लागि लामेआहालका स्थानीयवासीसँग महानगरपालिकाले १६ बुँदे सहमति गरेकोमा त्यसलाई लागू नगरेको र ६ महिनापछि अन्यत्र व्यवस्थापन गर्ने भनिए पनि त्यो नभएको भन्दै स्थानीयवासीले फोहर फाल्न रोक लगाउँदै आएका छन् ।