काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीनिकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन आवश्यक नरहेको उल्लेख गरे । खेलकुद क्षेत्रले मानव जीवनलाई स्वस्थ बनाउनेमात्रै नभएर देशको नाम स्थापित पनि गर्ने उनको भनाइ छ ।
उनले देशका सबै तहमा महासंघलाई विस्तार गर्न निर्देशन पनि दिए ।