पहिरोले भोजपुरको अधेँरीघाट पञ्चकन्या कृषि सडक अवरुद्ध



काठमाडौँ । पहिरोले भोजपुरको पौवादुङमा बुधबार गाउँपालिकाको तिवारीभञ्याङ मानेडाँडा अधेँरीघाट पञ्चकन्या कृषि सडक खण्ड अवरुद्ध भएको छ ।

सडकमाथिबाट पहिरो खस्दा यातयात सञ्चालनमा अवरुद्ध भएको हो । सो सडक सञ्चालन गर्नका लागि काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।