पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्वजनिक



काठमाडौँ । पद्मश्री साहित्यिक पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ । 

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षका लागि पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्वजनिक गरेको हो ।


पुरस्कारका लागि १८० पुस्तक प्रतिष्ठानमा दर्ता भएकोमा दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट उत्कृष्ट पाँच पुस्तक छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन् ।

सो प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।