पदक बेच्न नपाउने भएपछि महाविर पुनले भने- ‘सरकारलाई नै फिर्ता जानेछ’



काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले नेपाल सरकारले प्रदान गरेका पदहरु फिर्ता गर्ने घोषणा गरेका छन् ।

मंगलबार गृह मन्त्रालयले पुनलाई बोलाएर मेडल बेच्न नपाइनेबारे सजग गराएपछि पुनले सरकारलाई नै फिर्ता दिने बताएका हुन् । पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ति पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।’