नौं संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित



काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका ९ संसदीय समितिको सभापति निर्बिरोध निर्वाचित भएका छन् । 

आइतबार भएको उम्मेदवारी दर्तामा ९ समितिको सभापतिमा एक एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् ।


त्यस्तै एक उद्योग समितिमा सत्ता गठबन्धनबाट जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुली उम्मेदवार बनेपछि यस समितिको निर्वाचन सोमबार हुने भएको छ ।  

निर्बिरोध निर्वाचित हुनेमा कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा रहेका छन् ।

त्यस्तै नेकपा एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साह निर्बिरोध निर्वाचित भएका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टीबाट राजकिशोर साह अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा, एकीकृत समाजवादीबाट भानुभक्त जोशी शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा निबिरोध निर्वाचित भएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट विमला सुवेदी कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डाबाट दीपक सिंह पूर्वाधार विकास समितिको सभापतिमा निर्बिरोध निर्वाचित भएका छन् ।