ताप्लेजुङमा आमाको हत्या गरेको अभियोगमा छाेरा पक्राउ 



ताप्लेजुङ । आफ्नै आमा ६३ वर्षीया धनमाया लिम्बुको हत्या गरेको अभियोगमा मैवाखोला गाउँपालिका–५ फाकुम्बा बस्ने ३३ वर्षीय दिल्ली कुमार लिम्बुलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

 मानसिक अवस्थामा ठिक नभएको बताइएका दिल्लीले आफ्नै आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।